१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै



काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।

स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले  डिफ्युजन नोटिस जारी गरेको थियो ।आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय