१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अमेरिकासँग सीधा सैन्य भीडन्त गर्ने रुसको चेतावनी



काठमाडौं । युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रुस रुष्ट बनेको छ । यसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनी रुसले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिकाका लागि रुसी राजदूत एनातोली एन्तोनोभले युक्रेनलाई सैन्यसहितका थप सहयोग गर्ने अमेरिकी घोषणा रुसका लागि तात्कालीक चेतावनी रहेको बताए । उनले अमेरिकालाई द्वन्द्वको एक भागिदारका रुपमा चित्रित गरेका हुन् ।

यसअघि अमेरिकाले रुससँग युद्धको सामना गरिरहेको युक्रेनलाई थप ६२५ मिलियन अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेको थियो । हतियारसहितको अमेरिकी सहयोगले रुसी कब्जामा रहेका क्षेत्र पुनः नियन्त्रणमा लिने अभियानमा रहेको युक्रेनलाई सहयोगी हुने अपेक्षा गरिएको छ ।

युक्रेनी सेनाले उत्तर पूर्व र दक्षिणी क्षेत्रमा पछिल्ला हप्ता महत्वपूर्ण सफलता हाँसिल गरेका छन् । अमेरिकाले पछिल्लोपटक अत्याधुनिक रकेट सिस्टमसहितको सहयोग गर्न लागेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि युद्ध घोषणा गरेयता अमेरिकाले युक्रेनलाई करिब १७ बिलियन अमेरिकी डलर बराबरको सहयोगको वाचा गरिसकेको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !