१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रहरीले सन्दीपलाई अझै निजी वकिलसंग पनि भेट्न दिएन



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप लामिछानेलाई निजी वकिलसंग पनि भेटघाट गर्न नदिएको अधिवक्ता सरोज घिमिरेले जानकारी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको अधिवक्ता घिमिरेले जानकारी दिए । ‘सन्दीपजीले आत्मसमर्पण गरिहाल्नुभयो । मेरो उपस्थतितिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो । मलाई इमेल गर्नुभएको थियो । तर म यहाँ आइपुग्दाखेरि प्रहरी टोली एयरपोर्टमा पुगिसक्नुभएको रहेछ,’ उनले भने । आफूलाई प्रहरी वृत्तमा नै भेट्नू एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ । ‘भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । उहाँहरूले नियन्त्रणमा लिएर मेडिकलका लागि लिएर जानुभएको छ । मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !