११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सन्दीपका वकिलको आक्रोश : सिंगो राज्यसत्ता उनीविरुद्ध लाग्यो, हामीसँग भेट्नसमेत दिएन



काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले सिंगै राज्यसत्ता उनकोविरुद्ध नियोजित रुपमा लागेको आशंका व्यक्त गरेका छन् । सन्दीपले आफ्ना वकिलमार्फत प्रहरीमा आत्मसमर्पण गर्न खोजे पनि उनलाई विमानस्थलबाट हतकडी लगाएर सिधै गौशाला चौकीको हिरासतमा लगिएको उनले बताए ।

कानून व्यवसायीले भेट्न पाउने अधिकार समेत खोसिएको र त्यसपछि सिधै स्वास्थ्य परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको उनले बताए । वकिलले भेट्न निवेदन लेख्नुपर्ने प्रहरीले बताएको थियो । सन्दीप निकै निराश,हताश र राज्यनै उनको विरुद्ध लागेको मनस्थितिमा रहेको घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस !