१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो



वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाट बाट बीरगन्ज तर्फ आउदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको थियो ।

३५ जना यात्रु सवार भएको बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका- २२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय