१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतीय कम्पनीको औषधिले किड्नी ड्यामेज गर्‍यो, ६६ बच्चाको ज्यान लियो : डब्ल्यूएचओ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो ।

बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा-खोकीको औषधि) उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !