१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रत्यक्षतर्फ ४० प्रतिशत सिट नदिए पार्टीमा ठूलो संकट ल्याउने शेखर समूहको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । आज शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो । संस्थापन पक्ष एक्लौटी रूपमा गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ । 

हामीले प्रतिशतको कुरा गर्न चाहेका होइनौँ । गएको स्थानीय निर्वाचनमा हामीले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर प्रभावशाली मान्छेलाई टिकट दिनुपर्छ भन्यौँ । तर, हाम्रो कुरा मानिएन। त्यसैले अहिले हामीले ४० प्रतिशत चाहिन्छ भनेका हौँ, बैठकमा सहभागी एक नेताले भने ।उनीहरूले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !