१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मनाङमा असोजमै बाक्लो  हिमपात, बस्ती नै सेताम्मे बन्यो



मनाङ । मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ। हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्। ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताए। 

सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ। अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पुर्‍याएको छ। सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरुद्ध छ।


प्रतिक्रिया दिनुहोस !