१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न



धनगढी – कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ। वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन्। वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ। दसैँकाे टीका थाप्न हिँडेका नागरिकसमेत अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन। ‘अहिलेसम्म बर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सवै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ।’


प्रतिक्रिया दिनुहोस !