८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नुवाकोटमा सडकको भेलले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता



नुवाकोट । ककनी गाउँपालिका २ सिमटार सडकको भेलले बगाउँदा बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् । ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले नालीमा पुर्‍याएको थियो ।

छोरी बेबिसा बगेको ठाउँबाट २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपछि उपचारका लागि ग्रिनसिटी अस्पताल काठमाडौंमा लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । श्रेयान घिमिरे हालसम्म बेपत्ता रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सिमटारबाट बेरुवातर्फ जाँदै गरेको बा ८० प ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको ठूलो भेलले उनीहरुलाई दुवैलाई बगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !