१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

आज यस्तो हुनेछ काठमाडौंको मौसम



काठमाडौं । तीन दिनदेखिको लगातारको झरी आज बिहानबाट काठमाडौंमा केही कम भएको छ । यद्यपि, पानी नपरे पनि मौसममा बदली रहेको छ । आज दिनभर काठमाडौंको मौसममा बदली हुने मौसमविद् राजु प्रधानाङ बताउँछन् । 

“हिजो अस्तिको तुलनामा आज काठमाडौंको मौसममा केही सुधार आएको छ । बिहान केही खुलेको र घाम देखिएको छ,” उनले भने, “कुनै–कुनै समय घाम लागे पनि दिनभर मौसम बदली भइरहेनेछ । अपराह्नपछि काठमाडौंमा वर्षा हुनेछ ।” तर, भारी वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । 

अझै दुईतीन दिन काठमाडौंमा भारी वर्षाको सम्भावना नरहे पनि मौसम बदली र सामान्य वर्षा हुने मौसमविद् राजु बताउँछन् । हिजो अस्तिको जस्तो भारी वर्षाको सम्भावना नरहे पनि सामान्य वर्षा भने काठमाडौंमा अझै केही दिन हुने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !