६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

संसदीय राजनीति नगर्ने घोषणा गरेकी शाक्यलाई ओलीले गरे निर्वाचन लड्न प्रस्ताव



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् । 

‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले संसदीय राजनीति नगर्ने भन्नुभएछ । त्यो अभिव्यक्ति फिर्ता लिनुस् अहिले नै छोड्ने बेला भएको छैन ।’ जवाफमा शाक्यले आफुले यसअघि नै संसदीय राजनीति नगर्ने भनेर बोलेको भन्दै आफु सोही अडानमा कायम रहेको बताएकी थिइन् । 

‘मैले बारम्बार संसदीय राजनीति गर्दिन, पार्टी काममात्र गर्छु भनेको हो, अव मलाई पुग्यो पनि । किनभने अरु नयाँलाई पनि ठाउँ दिनुपर्छ । कि म सांसद नै नभएको भए ठिकै छ भन्ने हो । म पटकपटक सांसद मन्त्री र मुख्यमन्त्री समेत भैसकेको पनि छु’, शाक्यले ओलीको प्रस्ताव अस्वीकार गर्दै जवाफ दिएकी छन् । 

शाक्यले उम्मेदवार बन्न अध्यक्षबाट प्रस्ताव आएको स्वीकार गरिन् । उनले भनिन्, ‘मलाई अध्यक्षले काठमाडौ निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । तर मैले मलाई पुग्यो नयाँ खोज्नुस् भन्ने जवाफ दिएँ । शाक्यले आफुले चुनाव नलड्ने आग्रह गर्दा पनि अध्यक्षले केही दिन समय रहेको र सोच्न भनेको बताइन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय