७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दुई क्षेत्रको अडानले अल्झियो एमाले र जसपाको सहमति



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् । जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् । नेताहरुका अनुसार केही सिटमा सहमति हुन नसकेको बताउँछन् । जस्तो, बारा २ मा दुबै दलको दाबी छ ।

एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् । दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो. ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।


प्रतिक्रिया दिनुहोस !