१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

लोकतन्त्र विरोधीले गठबन्धन भत्काउने षडयन्त्र गर्‍यो : प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमा आम नेपाली जनताको मतको सम्मान गर्दै बनेको टिप्पणी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्ने बताएका छन् ।

‘गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो । केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतंत्र , संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ’, प्रचण्डले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय