८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अप्ठेरोमा देउवा, कर्ण मल्ललाई समर्थन गर्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । योसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय