४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

प्रचण्डविरुद्ध गोरखा २ मा एमालेले अब्दुस मियाँलाई उठाउने



काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो ।

३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय