१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

लोसपालाई सत्ता गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सत्ता गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा सो सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

स्रोतका अनुसार लोसपा देशभरका लागि १५ सिटको दावी बोकेर पुगेको थियो । उपेन्द्र यादव नेतृत्वको जसपाले गठबन्धन छाडेको ठाउँमा लोसपा गएको हो ।
यसअघि गठबन्धनमा जसपाले जति सिट पाएको थियो लोसपाले पनि त्यही हाराहारीमा सिट पाउने सम्भावना छ । 

जसपाले देशभर १६ र त्यसमध्ये मधेस प्रदेशमा मात्र ११ सीट पाएको थियो तर त्यसमा चित्त नबुझेपछि जसपा गठबन्धनबाट बाहिरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !