१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेतृत्व परिवर्तन गर्नुपर्ने बेला भयो, अब सही मान्छे चुनौँ : निश्चल बस्नेत



काठमाडौं । अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् । उनले पछिल्लो समय देशमा जनताले अनुभूति गर्नसक्ने कुनै राम्रा काम नभएकाले देशको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताए । उनले देश विकास गर्ने दृढ इच्छाशक्ति भएमा हरेक मानिसले देशका लागि सही काम गर्नसक्ने बताए ।

उनले हरेक नेपालीहरू नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको बताए । म राजनीतिमा चासो राख्छु तर बुझ्दिन । पछिल्लो समयमा चित्तबुझ्दो काम भएको छैन । कतिपयले पछिल्लो समय गरेका कामहरूले अहिले धेरै परिवर्तनहरू आइरहेका छन् । अहिले यसरी हामी बोल्न पाउनु, लोडसेडिङको अन्त्य हुनु भनेको कुलमान घिसिङ आउँदाको परिवर्तन हो,ू उनले भने, ूइच्छाशक्ति भएको मान्छे ठाउँमा पुग्यो भने काम गर्नसक्दो रहेछ । उदाहरण हो यो । सही व्यक्ति सही ठाउँमा पुग्नुपर्छ कुनैपनि चिज राम्रोसँग हुनका लागि । जो मान्छेले देश विकासको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई रुल गर्ने नालायकहरूले हुन्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय