८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

म्याक्सिकोमा लेवीको जिन्स एक करोड १२ लाख मुल्यमा बिक्रि



काठमाडौं । सन् १८८० को दशकको एक जोडी लेवीको जीन्स ८७००० अमेरिकी डलर (एक करोड १२ लाख बढी) मा बिक्रि भएको छ । न्यू मेक्सिकोको सानो शहरमा सो उन्नाईसैँ शताब्दीको जेन्स लिलामीमा बिक्रि भएको हो । सो जीन्स डेनिम पुरातत्वविद्हरुले फालेको अवस्थामा खानीमा फेला परेको अमेरिकी सरकारी समाचार संस्था सीएनएनले जनाएको छ । पुरानो डेनिम बजारका एक दिग्गज २३ वर्षीया काइल हाउटनर र जिप स्टीभेन्सनले किनेका थिए। स्टीभेन्सनले सीएनएनलाई भने, लिलामी सुरु नभएसम्म हामीसँग जीन्स सँगै किन्ने कुनै योजना थिएन, जुन यसलाई फर्केर हेर्दा पागलपन हो।


प्रतिक्रिया दिनुहोस !