१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पर्साको प्रशासन कार्यालयबाट ५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ



३१ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ । अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको को मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !