१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एलन मस्कले किने ट्वीटर, सीईओ अग्रवाललगायतका माथिल्लो तहका कर्मचारीलाई पनि निकाले !



काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ ।

बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।

सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !