८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

निर्वाचन आयोगविरुद्ध अनशन बस्ने गोविन्द केसीको चेतावनी



काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनले एक विज्ञप्ति जारी गरी आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् ।

‘आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौं’, उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं ।’


प्रतिक्रिया दिनुहोस !