२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

मधेसमा एमालेको हरिविजोग, प्रदेशका नेतासहित बाराका ७६ जनाले त्यागे एमाले



बारा । बारा ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन् ।

नीहरुले बारा ३ बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् । साह र समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए ।

पार्टी परित्याग गर्नेहरुले आज (मंगलबार) निकालेको संयुक्त विज्ञप्तिमा बारा ३ मा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार कार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना र भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट उम्मेदवार ल्याउँदा कार्यकर्ताहरुले घोर अपमान र लज्जा महसुस गरेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: