१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

घाँटीमा नरिवल जत्रै थाइरोयडको ट्युमर



काठमाडौ । नेपालसँग जोडिएको भारतीय राज्य बिहारको बेगुसरायका एक जना किसानको घाँटीबाट नरिवल जत्रै ट्युमर निकालिएको छ ।

७२ वर्षीय पुरुषको घाँटीबाट चिकित्सकहरुले त्यति ठूलो ट्युमर निकालेका हुन् । छ महिनादेखि ती किसानलाई सास फेर्न र खाना निल्न असहज भएपछि निकालिएको ट्युमर निकै ठूलो भएको हो ।

बिरामीको अवस्था जटिल बन्दै गएपछि गत महिना उनलाई सर गंगाराम अस्पतालको ईएनटी र हेडनेक ओन्को विभागमा शल्यक्रियाका लागि लगिएको थियो ।

अस्पतालका शल्यक्रिया चिकित्सक संगीत अग्रवालले भने, ‘मैले थाइरोइड ट्युमरका अढाइ सयभन्दा बढी बिरामीको शल्यक्रिया गरेँ । तर तौल र साइजको हिसाबले यो एउटा अनौठो केस हो । सामान्य थाइराइड ग्रन्थी १०–१५ ग्राम र ३–४ सेन्टिमिटरको हुन्छ, तर यो १८–२० सेन्टिमिटरभन्दा ठूलो छ ।’

ट्युमर निकाल्ने क्रममा बिरामीको भोकल कर्ड (आवाज निकाल्ने भाग) जोगाउनु सबैभन्दा ठूलो चुनौती बनेको शल्यक्रियामा खटिएका चिकित्सकहरु बताउँछन् ।

चिकित्सक अग्रवालले भने, ‘भोकल कर्डको तन्तु सफलतापूर्वक बचाइएको छ ।’ शल्यक्रिया गर्न तीन घण्टा लाग्यो ।’


प्रतिक्रिया दिनुहोस !