२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

निर्दयी छोराले वृद्ध आमालाई खुकरीले छप्काए



काठमाडौं । राजधानीमा खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बस्ने ३५ वर्षीय जयबहादुर तामाङ हुन् ।

उनले सोही ठाउँ डेरामा बस्ने ७० वर्षीया आमा फूलमाया तामाङमाथि गएराति १० बजे खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट फूलमायाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलको मुचुल्का उठाइ शव पोष्टमार्टमको निम्ति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले बताएको छ । तामाङको साथबाट एक थान खुकुरी र एक थान चक्कुसमेत बरामद भएको छ ।

आमामाथि खुकुरी प्रहार गरेको खबरलगत्तै प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले तामाङलाई गएराति नै नियन्त्रणमा लिएको हो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: