६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

मुम्बईमा सोनाक्षी सिन्हासँग प्रदीप खड्का



काठमाडौ । अभिनेता प्रदीप खड्का सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा सहभागी भएका छन्। उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निमन्त्रणमा उनी प्रिमियरमा सहभागी भएका हुन्। 

प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच कुराकानी भयो। सोनाक्षीले प्रदीपको प्रशंसा गरेकी थिइन्।

‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज भएपछि भारतमा अभिनेता प्रदीपको लोकप्रियता बढेको छ। 

सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा प्रदर्शन भएको छ। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय