७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विष्णु पौडेलको प्रतिबद्धता पत्र : बृहत् लुम्बिनी विकास गुरुयोजना बनाउने प्रस्ताव



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा कतिपय पुराना र केही नयाँ योजनाहरु समेटिएका छन्। घोषणा पत्रमा नवलपरासीको त्रिवेणीदेखि कपिलवस्तुको शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना बनाउने उल्लेख छ।

गुरुयोजना अन्तर्गत यी क्षेत्रमा शहरी क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र लगायतका क्षेत्रको वर्गीकरण गरी भू–उपयोग तथा पूर्वाधार योजना कार्यान्वयन गर्ने उल्लेख छ। बुटवलमा चिडिया खोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, विद्युत र टेलिफोनको भूमिगत प्रसारणका कुरा पनि पौडेलको घोषणा पत्रमा समेटिएको छ।

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग, कालिगण्डकी तिनाउ डाइभर्सन आयोजना अघि बढाउने कुरा पनि घोषणा पत्रमा दोहोरिएका छन्।रुपन्देहीको सैनामैनामा कृषि क्याम्पस स्थापना, एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था पनि घोषणा पत्रमा छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय