८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

लाइसेन्स परीक्षामा फेल हुने डाक्टरलाई स्वास्थ्यकै अन्य पेशा गर्न दिने तयारी



काठमाडौं । ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् । धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।

एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ । मेडिकल काउन्सिलकको तथ्यांक अनुसार १० औँ, २०औँ पटकसम्म ‘लाइसेन्स’ परीक्षा दिएर पनि अनुत्तीर्ण भएका विद्यार्थी १ हजार १ सयभन्दा माथि छन् ।


प्रतिक्रिया दिनुहोस !