१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रधानमन्त्री बन्न मरिहत्ते गरेको छैन, अवसर पाए छाड्दिनँ : प्रचण्ड



काठमाडौ । मंगलबार कर्णाली प्रदेशका तीन जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल चाहल ‘प्रचण्ड’ काठमाडौँबाट सुर्खेततर्फ उडे। प्रचण्ड सवार हेलिकप्टर सुर्खेत आउने क्रममा मौसम खराबका कारण सल्यान खलंगामा आकस्मिक अवतरण भयो। केही समय सल्यानमा रहेका अध्यक्ष प्रचण्डले सल्यानका पत्रकारहरुसँग संक्षिप्त कुराकानी पनि गरेका छन्। 

उनले पत्रकारसँग छोटो कुराकानी गर्दै आम निर्वाचनपछि गडबन्धनकै सरकार बन्ने तर, आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने दाबी गरे। तर, अवसर आपपछि आफू पछि नहट्ने भने बताए। 

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ। अहिले प्रधानमन्त्री को बन्छ भन्नेमा हाम्रो सहमति भएको छैन्। तर, म प्रधानमन्त्रीकै लागि मरिहत्ते गर्दिनँ। यदी प्रधानमन्त्री लिने अवसर आएपछि पछि पनि हट्दिनँ।’

यस्तै, प्रचण्डले प्रतिगमनबीच मंसिर ४ मा ठुलो ब्याटल हुन लागेको उल्लेख गरे। एमाले सहितका अन्य दलहरुको गठबन्धन प्रतिगमनको भएको र कांग्रेस र आफू सहितका दलहरुको गठबन्धन अग्रगमन भएको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !