१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जेरीले फुकाइन् वेदनाको पोकोः श्रीमानको हिंसा र परस्त्रीगमनले डिभोर्समा पुर्‍यायो



काठमाडौं । लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् ।

उनले वैवाहिक जीवन सुरुदेखि नै तिक्ततापूर्ण रहेको खुलासा गरिन् । जेरीका अनुसार शंकरले बिहेको १४ दिनदेखि नै उनलाई घाइते हुने गरी पटक-पटक शारीरिक यातना दिन सुरु गरेका थिए । आफ्नो चरित्रमाथि विभिन्न लाञ्छना लगाउँदै यातना दिने शंकर आफू भने परस्त्रीगमनमा लिप्त बनेको उनको भनाइ छ ।

जेरी र शंकरले हिजो काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदका लागि जाँदा जेरीले आफ्नो विवाहको सिन्दूरले सिउँदो रंगाएकी थिइन् भने गलामा पोते र हातमा चुरा लगाएकी थिइन् । अबका दिनमा आफ्नो सिउँदो खाली हुने भएकाले अन्तिम पटकका लागि यो श्रृंगार गरेको उनले रुँदै बताइन् ।


प्रतिक्रिया दिनुहोस !