२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

घरमा पाहुना लागेका मामाको भाञ्जाले गरे हत्या



मोरङ । मोरङमा भाञ्जाले मामाको हत्या गरेका छन् । घरमा पाहुना आएका मामाको भाञ्जाले हत्या गरेको आरोपमा २२ वर्षे युवक समातिएका छन् । उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाँचकोटीको घरमा पाहुना आएका ४२ वर्षीय मामा काजी मोहराको हत्या आरोपमा भाञ्जा २२ वर्षीय सुजन पाँचकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

काजीलाई घरायसी विवादको क्रममा भाञ्जाले दाउ प्रहार गरेको बताइन्छ । उनको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: