२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

नक्कली सुन धितोमा २४ लाख ऋण झिकेर फरार



पोखरा । पोखरामा राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको हो ।

हाल हिरासतमा रहेका सुनारले ऋणको किस्ता तिर्न नआएपछि सुन जाँच गर्दा नक्कली भएको खुलेको बैंकलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनारलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: