६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

करिश्मा मान्धरले पटक-पटक फोन गरेर मानसिक यातना दिइन् : निहारिका



काठमाडौं । आफूविरुद्ध अन्याय भएको भन्दै न्याय मागिरहेकी निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले आफूलाई मानसिक ‘टर्चर’ दिएको बताएकी छन्। मंगलबार करिश्माले निहारिका र उनका आरोपित शिवराज श्रेष्ठका दुई तस्बिर बिना क्याप्सन सार्वजनिक गरिन्। सार्वजनिक गरेको केही क्षणमा उनले त्यो तस्बिर आफ्नो फेसबुक पेजबाट हटाइन्। तर त्यसको स्क्रिन सर्ट भेटिन्छन्।

त्यसपछि आज बिहानै फेसबुक लाइभमा आएकी निहारिकाले करिश्माले आफूलाई पटक-पटक मानसिक यातना दिएको बताएकी हुन्। उनी भन्छिन्, ‘करिश्मा मान्धरले पटक-पटक फोन गरेर मानसिक तनाव दिनुभयो। एकातिर मलाई फोन गरेर आऊ नानी मेरो नाति लिएर आऊ, म नातिबिना बस्न सक्दिनँ, तिमीबिना बस्न सक्दिनँ भन्नुभयो। अर्कातिर सामाजिक सञ्जालमा फोटो राख्नुभयो।’

करिश्माले आफूलाई भोइस म्यासेज पनि पठाएको निहारिकाले बताएकी छन्। भन्छिन्, ‘तपाईंले पठाएको भोइस म्यासेज, फोन संवादको रेकर्ड मसँग छ। म सामाजिक सञ्जालमा पब्लिक गर्छु। पब्लिकले अब थाहा पाउनुपर्छ उहाँको कतिवटा अनुहार छ भन्ने कुरा।’


प्रतिक्रिया दिनुहोस !