२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

अञ्जन बिष्ट जसको गोलको मद्दतमा नेपालले १४ वर्षपछि पाकिस्तानलाई हरायो



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानमाथि १–० गोल अन्तरले जित निकालेको छ । मैत्रीपूर्ण खेलमा बुधबार पाकिस्तानलाई १–० ले हराउँदै नेपालले दशरथ रंगशालामा खेलेको ५० औँ खेललाई सुखद् बनाएको छ । 

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । नेपालले पछिल्लोपटक पाकिस्तानलाई सन् २००८ मा हराएको थियो । उक्त खेलमा पनि नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाललाई जित दिलाउन अञ्जन बिष्टले खेलको ८३ औँ मिनेटमा निर्णायक गोल गरे । सुनिल बलले दायाँ कर्नर साइडबाट गरेको क्रसलाई अन्जनले डाइभिङ गोल गरे । 

दशरथ रंगशालामा ५० औँ खेल खेल्दा नेपाल र पाकिस्तानबीचको भने यो १७ औँ खेल थियो । जसमा नेपालले ६ खेलमा जित निकाल्दा ६ पटक हार बेहोरेको छ । यी दुई टिमबीचको पाँच खेल बराबरीमा सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: