२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

सत्तारुढ गठबन्धन सफल भैसक्यो : उपमहासचिव पुन



रोल्पा ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भएको बताएका छन् ।धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि उनले गठबन्धन थप बलियो भएको र चुनावमा एकअर्का दललाई शतप्रतिशत मत ‘ट्रान्सफर’ हुने अवस्था निर्माण भएको बताए । 

नेताहरुको सत्ता स्वार्थका कारण नभई आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनको भनाइ थियो । देशव्यापी रुपमा देखिएको जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेको उल्लेख गरे । 

‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए । जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन् । यो गठबन्धन केपी ओलीको प्रगितमनविरुद्धको गठबन्ध हो । दुईईपटक संसद विघटन गरेपछि गरिएको सैद्धान्तिक गठबन्धले हो’, गृहजिल्ला रोल्पाको लिवाङमा आयोजित घरदैलो कार्यक्रमपछिको सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको छ ।  जसले केपी ओलीको स्वेच्छाचारिता, निरंकुशता र तानाशाही प्रवृत्तिविरुद्ध संघर्ष गरेको छ । राष्ट्रव्यापी रुपमा गठबन्धनमा पक्षमा देखिएको जनलहरले गठबन्धन सफल भएको पुष्टि भइसकेको छ ।’ 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: