१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमालेका उमेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारीमुक्त



म्याग्दी । सामाजिक सञ्जाल फेसबुकमा उमेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्कीले बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय