२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

इराकमा ग्याँस ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु



एजेन्सी । इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा बिहीबार भएको ग्याँस ट्याङ्की विस्फोट हुँदा ११ जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन्। गभर्नर हवल अबुबाकिरले पत्रकार सम्मेलनमा  बताएअनुसार सुलेमानिया प्रान्तको काजिवा नजिक वस्तु तताउन प्रयोग गरिने लिक्विफाइड पेट्रोलियम ग्याँस ट्याङ्कीबाट चुहावटका कारण त्यहाँस्थित भवनमा ठूलो विस्फोट भएको थियो। 

उद्धारकर्मीहरूले अझै चार अन्य बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको बताएका छन्। हराइरहेका व्यक्तिहरू सो विस्फोटमा भत्किएको तीनतले भवनको भग्नावशेषमुनि दबिएको विश्वास गरिएको छ। 

अबुबाकिरले उत्तरपूर्वी इराकको सुलेमानिया प्रान्तमा एक दिनका लागि सार्वजनिक शोकको घोषणा पनि गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: