२३ मंसिर २०८०, शनिबार
 |   Sat Dec 9 2023
Logo

मतदान केन्द्रमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा धकेलाधकेल



पोखरा–१८ सराङकोटका मतदान अधिकृत अमितकुमार श्रेष्ठले शुक्रबार दिउँसो सर्वपक्षीय बैठक बोलाए। प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन निर्देशिका अनुसार बोलाइएको उक्त बैठकमा दलका कार्यकर्ताहरू सहभागी थिए।

सत्तागठबन्धनबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधि थिए भने विपक्षी नेकपा एमालेका प्रतिनिधि थिए। बैठकमा सहभागी दलका प्रतिनिधिको संख्या नतोकिएकाले बैठकमा दलका कार्यकर्ताको संख्या ठूलो थियो।

बैठकमा मतदान अधिकृत श्रेष्ठले एजेण्डा पेश गरे। अपाङ्गता भएका,  अशक्तलगायत मतदाताको मताधिकार कसले प्रयोग गर्न पाउने विषयमा सबै दल सहमत भए। उनीहरूका नजिकका आफन्तमार्फत् मतदान गराउने दलहरूले सहमति गरे।

यस्तै, मतदाता परिचय पत्र, नागरिकता, लाइसेन्स, लालपुर्जा भएका व्यक्तिलाई पनि मताधिकार दिने विषयमा पनि दलहरूवीच विवाद देखिएन। उपरोक्त कागजात देखाउने सबैलाई मताधिकार दिने सहमति बन्यो।

बैठकमा जब मतदान प्रतिनिधि राख्ने विषय पेश भयो, दलका प्रतिनिधिहरू बाझ्न थाले। मतदान अधिकृत श्रेष्ठले उम्मेदवार वा दलका प्रतिनिधि राख्ने विषय बैठकमा पेश गरेका थिए। एमालेका स्थानीय प्रतिनिधिले दलका प्रतिनिधि राख्न नपाउने व्यवस्था रहेको जानकारी गराए।

मोबाइलमा एमाले प्रतिनिधिले उम्मेदवारका प्रतिनिधिमात्र राख्न पाउने परिपत्र देखाएपछि कांग्रेस प्रतिनिधिले एमालेलाई मात्र परिपत्र जानकारी भएर नहुने बताएका थिए। यसपछि एमाले र कांग्रेस कार्यकर्ता आक्रोशित बनेका थिए।

मतदान अधिकृत श्रेष्ठले गत असोज २३ गते आयोगले दिएको मतदान अधिकृत अभिमुखीकरणमा यसबारे जानकारी पाएका थिएनन्। उनले अभिमुखीकरणमा पाएको जानकारी अनुसार प्रक्रिया अघि बढाएका थिए।

निर्वाचन आयोगले भने असोज २९ गते निर्णय गरेर मतदान केन्द्रमा दलका प्रतिनिधि नभई उम्मेदवारका प्रतिनिधि मात्र राख्न पाउन परिपत्र पठाएको थियो। बैठकमा एमाले र गठबन्धनका प्रतिनिधिबीच विवाद चुलिँदा धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय