१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

रोनाल्डोलाई हाटाउने कानुनी विकल्पबारे छलफलमा युनाइटेड



एजेन्सी । म्याचेस्टर युनाइटेडले क्लबका फरवार्ड क्रिस्टियानो रोनाल्डोको बहिर्गमनको विभिन्न कानुनी विकल्पबारे छलफल अघि बढाएको छ।पछिल्लो समय रोनाल्डो र प्रशिक्षक एरिक टेन हगबीचको सम्बन्ध चिसिएसँगै क्लबले उनलाई हटाउने विकल्पबारे छलफल सुरु गरेको हो।

रोनाल्डोले एक अन्तर्वार्तामा नै आफूले प्रशिक्षक एरिकसँग खेल्न नसक्ने किसिमको अभिव्यक्ति दिएका थिए। रोनाल्डोको युनाइटेडसँगको सम्झौता अब करिब सात महिना मात्र बाँकी छ। उनी साताको ५ लाख पाउण्डको सम्झौतामा युनाइटेड आएका थिए। 

युनाइटेडले पोर्चुगलका यी खेलाडीसँगको सम्झौता रद्द गर्न सक्छ। क्लबले उनलाई आगामी जनवरीमा फ्रि ट्रान्सफरको लागि सम्झौताबाट मुक्त गर्न सक्छ। यसअघि रोनाल्डोले दिएको अन्तर्वार्तामा उनले आफूलाई क्लबबाट धोका भएको बताएका थिए।

उनले नोभेम्बर ६ यता युनाइटेडको लागि कुनै पनि खेलमा सहभागिता जनाएका छैनन्।  

बीबीसीका अनुसार युनाइटेड क्लबले पनि रोनाल्डो र प्रशिक्षकबीचको रस्साकस्सीमा प्रशिक्षक एरिकलाई साथ दिएको छ।

त्यसैले विश्वकपपछि रोनाल्डो युनाइटेडको टोलीमा पुनः पहिलाकै अवस्थामा फर्किने सम्भावना न्यून देखिएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय