१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

विरोध खतिवडाको प्रतिनिधि बनेपछि भूमि आयोग मकवानपुरका अध्यक्षविरुद्ध उजुरी



हेटौंडा । सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति कुनै दलको प्रतिनिधि बनेर मतदान केन्द्र जान नपाउने भएपनि मकवानपुरमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल उम्मेदवारको मतदान केन्द्र प्रतिनिधि बनेका छन् । उनीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ ।

दाहाल मकवानपुर २ मा गठबन्धनबाट नेकपा एसका उम्मेदवार विरोध खतिवडाका प्रतिनिधिको रूपमा मकवानपुरगढी-५ स्थित शारदा मावि केन्द्रमा पार्टीका प्रतिनिधीका रूपमा नियुक्त भएका छन् ।

दाहालले पदको दुरुपयोग गर्दै पार्टी प्रतिनिधि बसेको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले दाहालको प्रतिनिधि खारेज हुने बताए ।


प्रतिक्रिया दिनुहोस !