२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

सिराहामा मतपेटिका खोसाखोस, प्रहरीले चलायो गोली



सिराहा । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । 

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि  केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: