२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

हुम्ला सर्केगाडमा झडप हुँदा मतदान रोकियो



सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए । 

उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ भने जिल्लाभर २० प्रतिशत  मत खसेको छ । रानाले बिहान चिसोका कारण केही मतदान केन्द्रमा मतदान ढिलाई भएपनि अहिले सबै ठाउँमा मतदान भइरहेको छ । ५९ वटा मतदान केन्द्र रहेको हुम्लामा ३२ हजार ८५७ मतदाता रहेका छन् । यद्यपि निर्वाचन अधिकारीले २५ हजार जति मत खस्ने आकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: