१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दोलखाको पुतलीकाठमा चार राउण्ड हवाई फायर



दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ । आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।

मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि वैतेश्वर गाउँपालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली झिकाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय