२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि



सप्तरी । निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ ।

जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् । अहिलेसम्म गनिएको मतमा राउतले १०२० मत ल्याएका छन् ।

एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ४५२ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।

सप्तरी-२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: