१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रुकुम पश्चिममा धाँधली भएको भन्दै पुन: मतदान गर्न एमालेको माग



रूकुम पश्चिम । आफ्ना पार्टीका मतदान प्रतिनिधिलाई धम्काएर परिबन्धमा पारी अनधिकृत व्यक्तिको संलग्नतामा फर्जी मत हालेको आरोप लगाउँदै एमाले रूकुम पश्चिमले जिल्लाका सातवटा मतदान केन्द्रमा पुन: मतदानको माग गरेको छ ।

जिल्ला पार्टी कार्यालय मुसीकोटको बागबजारमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै एमालेले आइतबार भएको मतदान प्रक्रियामा आपत्ति जनाएको छ ।

सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्माको प्रत्यक्ष सहभागितामा अनधिकृत काम भएको विज्ञप्ति मार्फत् एमालेले आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय