२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

काठमाडौं-९ मा एमाले र स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा



काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ १ हजार ७४९ मतसहित पहिलो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १ हजार ६७३ मतसहित दोस्रो स्थानमा छन् ।

पोखरेलभन्दा श्रेष्ठ ७६ मतले अगाडि छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ९१६ मतसहित तेस्रो स्थानमा छिन् भने राप्रपाका देवेन्द्र प्रधान ३५१ मतसहित चौथो स्थानमा छन् । साझा पार्टीका मिलन पाण्डे भने २८९ मतसहित पाँचौ स्थानमा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: