२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सुरुवाती अग्रता



बिर्तामोड । झापा ५ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रारम्भिक मत परिणाममा ओलीले ३ हजार २ सय १२ मत पाएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत पाएका छन् । ६ हजार दुई सय ७ मत गणना सकिदा ४ सय १४ मत बदर भएको छ ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ६६ दशमलव २० प्रतिशत अर्थात एक लाख दुई हजार एक सय ५० मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: