२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

बागलुङ–२ मा शिक्षामन्त्री पौडेलको शुरुवाती अग्रता



बागलुङ । बागलुङ–२ मा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रारम्भिक अग्रता लिएका छन् । कुल ११०५ मत गणना हुँदा पौडेलले ६६५, एमालेकी मञ्ज शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका तिला खत्रीले ८६ मत प्राप्त गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ (क) मा ११०८ मत गणना गर्दा स्वतन्त्र उम्मेदर प्रकाश घर्ती मगरको अग्रता रहेको छ । घर्ती मगरले ५४२ मत ल्याउदा कांग्रेसका जितबहादुर शेरचनले ५३५ मत प्राप्त गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ (ख) मा ८९५ मत गणना गर्दा कांग्रेसका दोर्ण कुमार कँबरको अग्रता छ । कुँवरले ४४८ मत ल्याउदा एमालेका लक्ष्मण पुनले ३७७ मत प्राप्त गर्रेका छन् ।

जनता समाजवादी पार्टी नेपालका गंगा बहादुर घर्तीले दुई, मंगोल नेशनल अर्गनाईजेशनका तारा बहादुर घर्ती मगरले सात, नेपाल दलित पार्टीका टेक प्रसाद कार्मीले पाँच, स्वतन्त्र नर बहादुर गुरुङले ५ ल्याएका छन भने दुर्गादेवी घर्ती मगरले मत पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: