७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पाँच सय मतले पछि परे शेरधन राई



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोजपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री एमालेका उम्मेदवार शेरधन राईलाई पछाडि पार्दै निवर्तमान प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका सुदन किराँतीले अग्रता लिएका छन् । 

निर्वाचन क्षेत्रको कार्यालयका अनुसार भोजपुर निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँतीले १ हजार ५ सय ४१ मत ल्याई अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईले १ हजार ८५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !