२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

दार्चुलाको प्रदेशसभा सदस्यमा धामी र जोशीको अग्रता



दार्चुला । दार्चुलाको प्रदेशसभा क्षेत्र नम्बर १ मा बिक्रमसिंह धामी र क्षेत्र नम्बर २ मा रामदत्त जोशीले अग्रता लिनुभएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार बिक्रमसिंह धामीले अग्रता लिनुभएको हो । धामीले पाँच हजार १६९ मत प्राप्त गर्दा एमाले उम्मेदवार हरदेब जोशीले चार हजार ३९३ मतसहित पछ्याइरहनुभएको छ । जोशीको भन्दा धामीको ७७६ मत बढी रहेको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा व्याँस र दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ । प्रदेशसभा क्षेत्र नम्बर १ अन्तरगत महाकाली, मालिकार्जुन र लेकमको मतगणना बाँकी छ ।

दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) लाई पछि पार्दै जोशीले अग्रता लिनुभएको हो । अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसक्दासम्म धामीले पाँच हजार ९१६ र जोशीले छ हजार ७३८ मत प्राप्त गर्नुभएको छ । अपिहिमाल गाउँपालिकामा धामीले ५३० मतले लिड गरेकोमा जोशीले शैल्यशिखरमा १३५२ मतले लिड गर्नुभयो । अहिले एमाले उम्मेदवार जोशी गठबन्धनका उम्मेदवार धामीभन्दा ८२२ मत अगाडी रहनुभएको छ । यद्धपी गठबन्धनले लिड गर्ने अनुमान गरिएका मार्मा र नौगाड गाउँपालिकाको मतगणना गर्न बाँकी रहेकोले प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको जित हुने दाबी गरिएको छ । एमाले र गठबन्धन दुबैले जित्ने दाबी कायमै राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: